HOME

News & Events

janajyoti-higher-schoolआजभन्दा एक बीस दुई हिउँद अगाडिको कुरा हो, म त्यतिबेला चण्डेश्वरी उ.मा.वि. मरिण डाढीमा काम गर्थेँ । मेरो घर क.न.पा. वडा नं.६ रातमाटा, बसाइ मरिण डाढीको । मलाई घर पायक नभएका कारण सिन्धुलीमा आउन चाहान्थेँ, नभन्दै मेरो सरुवा पनि यसै विद्यालयमा भयो । म जनज्योति उ.मा.वि. हालको यस विद्यालयमा आउँदा विद्यालयको स्थिति दयनीय थियो । प्रस्तावित मा.वि. चलेको त्यतिबेला मेरा आदरणीय गुरु अम्बरदीप देवकोटा प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री माणिक ढकाल हुनुहुन्थ्यो । २०४५ सालमा भरखरै भु–कम्प गएको थियो । विद्यालयहरु क्षतिग्रस्त थिए । त्यसैलाई अवसरको रुपमा प्रयोग गरी जिल्ला शिक्षा कार्यालयबाट ट्रस्ट राखेर विद्यालय भवन निर्माण गरिएकोले स्कुल हेर्न लायक भयो ।