HOME

हाम्रो बारे

                                                        –भिमविक्रम थापा (प्राचार्य)

jana-jyoti-higher-secondary-school-sindhuli-principlesआजभन्दा एक बीस दुई हिउँद अगाडिको कुरा हो, म त्यतिबेला चण्डेश्वरी उ.मा.वि. मरिण डाढीमा काम गर्थेँ । मेरो घर क.न.पा. वडा नं.६ रातमाटा, बसाइ मरिण डाढीको । मलाई घर पायक नभएका कारण सिन्धुलीमा आउन चाहान्थेँ, नभन्दै मेरो सरुवा पनि यसै विद्यालयमा भयो । म जनज्योति उ.मा.वि. हालको यस विद्यालयमा आउँदा विद्यालयको स्थिति दयनीय थियो । प्रस्तावित मा.वि. चलेको त्यतिबेला मेरा आदरणीय गुरु अम्बरदीप देवकोटा प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री माणिक ढकाल हुनुहुन्थ्यो । २०४५ सालमा भरखरै भु–कम्प गएको थियो । विद्यालयहरु क्षतिग्रस्त थिए । त्यसैलाई अवसरको रुपमा प्रयोग गरी जिल्ला शिक्षा कार्यालयबाट ट्रस्ट राखेर विद्यालय भवन निर्माण गरिएकोले स्कुल हेर्न लायक भयो ।
समयको गतिसँगै २०५५ पुस महिनामा अम्बरदीप सरले विद्यालय छाड्नु भयो । उहाँले चलाइराखेको विद्यालय त्यही गतिमा हिंडाउन चुनैतिको विषय थियो । आपूmले प्र.अ. पदको कुनै अपेक्षा पनि गरेको थिइँन । तर २०५५।९।९ गते मैले प्र.अ.को जिम्वेवारी पाएँ । पहाडले थिचे जस्तै लाग्यो । वास्तवमै काम गर्ने हो भने यस्ता पदहरु साँच्चै बोझिला हुने रहेछन् ।
मा.वि.बाट उ.मा.वि. चलाउन ठूलै कसरत गरियो । अम्बरदीप सर यो समयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहन्थ्यो । गाउँगाउँका अभिभावक सहितको टोली बनाएर साधारण, आजिवन र विशिष्ट सदस्य तीन खाले सदस्यता निर्धारण गरेर पैसा संकलन गरियो । स्कुलको खातामा झण्डै चारलाख रुपैयाँ जम्मा भयो । हामीलाई आवश्यक पर्ने रकम कम्तिमा पनि आठलाख थियो । अब नपुग रकम कहाँबाट जम्मा गर्ने ? हाम्रो अगाडि प्रश्न खडा भयो । अन्तत्वगत्त्वा हामीले गौमती उ.मा.वि. माढी बजारसँग औपचारिक रुपमा वैठक बसेर केही समयका लागि सापटी रकम  माग्यौँ । गौमती उ.मा.वि.माढी बजारबाट रकम प्राप्त भएपछि +२ पनि संचालन ग¥यौं । त्यसको लगत्तै वि.एड्. र स्नातकोत्तर तह नेपाली र अङ्ग्रेजी विषयमा संचालन गर्न पुग्यौँ । साधारण शिक्षा तर्फ विद्यार्थीको त्यति आकर्षण नदेखे पछि २०६८ सालमा कृषि जेटिएको कक्षा प्रारम्भ गरियो । त्यसपछि २०७२ सालको मंसिर महिनादेखि क्ष्।क्अ।ब्न। को कक्षा संचालन ग¥यौँ । साथै हाल दश जिल्लाका भु–कम्प पिडित छात्र÷छात्राहरु ऋत्भ्ख्त् मार्फत  निशुल्क अध्ययन समेत गरिरहेका छन् ।
यसरी एउटै छातामुनि बालकक्षादेखि स्नातकोत्तर तहसम्म, सुस्त मनस्थिति (वौद्धिक अपाङ्गता) कक्षा देखि आइ.एस्सी.एजि.सम्मका छात्र÷छात्राहरु विहानदेखि साँझसम्म ओहोरदोहोर गरेको देख्दा आपूmले विताएको बाइस वर्ष बितेको कुनै अत्तोपत्तो नभएको जस्तो लाग्छ । गैँयाटार र ढकालगाउँको फेदीमा अवास्थित यो विद्यालयको पहिचान र रौनक अरुभन्दा पृथक बन्न पुगेको छ । यसको श्रेय यसै भेगका अभिभावक र प्यारा विद्यार्थी भाइबहिनालाई नै दिन चाहान्छु । तसर्थ “हाम्रो विद्यालय राम्रो विद्यालय”, “हाम्रा बालबालिका राम्रा बालबालिका” भन्ने नाराका साथ विद्यालय अगाडि बढिरहेको छ । हामी शिक्षक स्टाफ यिनै बालबालिकाको उज्ज्वल भविष्यको सपना बुन्दै रखबारी र खबरदारी गरेर बसीरहेका छौं । त्यही समूहभित्र म आफू पनि रमाइ रहँदा आज पत्तै नपाई २२ वर्ष बिति सकेछ ।

some

सरोजप्र.ढकाल

“रुखो औं फुस्रो माटोमा ज्ञानको वीज रोपियो
मलले जलले गर्दा यो आज वेशी झाँगियो ।
त्यहाँ जनको ज्योति उच्च छ मा.वि.सुन्दर
सस्तो र सुलभ हाम्रो आदर्श ज्ञानको घार ।।”

कमलामाई न.पा. वडा नं. ४ अन्तगरगत ढकालगाउँ र गैँयाटारको काखमा अवस्थित आजको यस श्री जनज्योति उ.मा.वि. फोस्रेटार वि.सं. २०२८ साल कार्तिक महिनामा स्थापना भएको हो । हाल सिन्धुली माढी ढुङ्गे्रबासमा अवस्थित कमला उ.मा.वि. पहिले यस स्थानमा थियो । उक्त विद्यालय ढुङ्गे्रबासमा राणाकालिन धान गोदाम खाली भएपछि ढुङ्गे्रबास सरेर गएपछि यस क्षेत्रमा विद्यालयको आवश्यकता महसुस भयो । ढकालगाउँ र गैँयाटारबासीहरुले सानासाना नानीहरुलाई पढाउन सानो चौरी भन्ने स्थानमा विजया प्रा.वि. भन्ने स्कुल स्थापना गरी गाँउघरकै साक्षर व्यक्तिहरुबाट पठनपाठन गर्ने कार्य सुरुवात गरियो । तर त्यो पाठशालाले शिक्षकलाई न्यून तलव समेत खुवाउन नसकेपछि निरन्तरता प्राप्त गर्न सकेन र वन्द हुनु पुग्यो । बनाएको झुप्रो पनि हावाहुरीले भत्काएपछि गैँयाटार तर्फका केही अभिभावकले सो भवनको काठपातलाई आधा आधा बाँडचुड गरी सो काठ ल्याइ ठूलो चौरी भन्ने स्थानमा झुप्रो उभ्याउने काम गरे । सानो चौरीबाट ठूलो चौरीमा स्कुल सारेकोमा केही समयसम्म दुई गाउँ बीच सित युद्ध नै चल्न पुग्यो तर तत्कालिन परिवर्तन चाहाने युवाहरु र सचेत अभिभावकहरुको सहयोगले पिपलकै बोट मुनिबाट पढाइ शुरु गरी यस विद्यालयको जन्म गराउने कार्य गरियो ।
वि.सं. २०३१ साल सालमा नयाँ शिक्षा लागू भएपछि यस विद्यालय सरकारी विद्यालय (१–५ कक्षा) मा परिणत हुँदा विद्यालयको नाम रासी जुटाउने क्रममा पनि दुबै गाउँ वीच विवाद उत्पन्न हुन पुग्यो । एक थरी अभिभावकहरुले यसको नाम जनज्योति राख्न पर्छ भन्ने मान्यता राखे भने अर्को पक्षका अभिभावकहरुले नवज्योति राख्नुपर्छ भन्ने विचार राखे । अन्तमा यस विद्यालयको नाम जनज्योति प्रा.वि. राखियो ।
लग्दाहा र ग्वाँङ् खोला जस्ता २÷२ वटा खोला पार गरी बालबच्चा ढुङ्गे्रबास पठाउन असुरक्षा ठान्दै देउसी भैलो खेलेर, आजिवन सदस्यता र विशिष्ट सदस्यता जारी गरी उठेको रकम डिपोजिट गर्दै २०४५ सालमा निजि मा.वि. संचालन गर्न पाउने स्वीकृति लिने काम भयो । यस विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुले २०५१ सालमा एस.एल.सी. परीक्षा दिइ मा.वि.को सपनालाई साकार बनाए ।
यसै गरी शिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटार नामाकरण गरी २०६० साल शिक्षाशास्त्र संकाय (१०+२), २०६३ सालबाट वि.एड, २०६७ सालबाट एम.एड. (अंग्रेजी र नेपाली विषय) अध्यापन शुरु गरी कृषि प्राविधिक शिक्षाको आवश्यकता महसुस गरी २०६८ साउनदेखि सिटिइभिटिबाट अनुमति लिइ १५ महिने (एनेक्स), २९ महिने कृषि जे.टि.ए. र ४० जना विद्यार्थी कृषि प्राविधिक शिक्षा ( ३ वर्षे आइ.एस्सी, एजि.) कक्षा साथै २०७२ बैशाख १२ गतेको विनासकारी भुकम्पबाट पिडित विद्यार्थीहरुलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्न नेपाल सरकारबाट (३ वर्षे आइ.एस्सी, एजि.) कक्षा २०७२ साउनबाट कृषि डिप्लोमा पनि संचालन भइ भइरहेको छ ।
आज जनज्योति उ.मा.वि. फोस्रेटारको प्राङ्गणभित्र बालकक्षादेखि स्नातकोत्तरसम्मको कक्षा अध्यापन कार्य गरिन्छ । पिपलको बोटमुनिबाट कक्षा संचालन गरेको यस विद्यालय आज यहाँसम्म आइपुग्न अभिभावकहरुको अथक योगदान रहेको छ । अभिभावक तथा शिक्षकहरुको कडा मिहिनेत र योगदानका कारण विभिन्न संघसंस्थाहरुको माया र सहयोग पाएर आर्थिक तथा प्राविधिक सहयोगले पक्की भवन, शैक्षिक सामग्री, विज्ञान तथा कृषि प्रयोगशाला, कम्प्युटर शिक्षा, सफा स्वच्छ वातावरण, विद्यालय वरिपरि वृक्षरोपण गरी हरभरा बनाइएको, बालमैत्री शिक्षण, छात्रा मैत्री शौचालय, र शुद्ध पिउने पानीको उचित व्यवस्थापन भएकोले यस विद्यालय एउटा नमुना विद्यालयको रुपमा परिचित भएको छ ।

सरोजप्रसाद ढकाल
सहायक प्राचार्य
श्री जनज्योति उ.मा.वि.फोस्रेटार
कमलामाई न.पा.४, सिन्धुली

प्रसिद्धा शर्मा

पर्खनुस !
सज्जन मित्र
कता दौडदै हुनुहुन्छ
भावि सन्ततिको चिन्ता बोकेर
कता रुमलिदै हुनुहुन्छ
तपाइँहरु कै सपना बोकेर
जनज्योति उ.मा.वि. फोस्रेटारले
बहुमुखी शिक्षा नीति लागू गरेको छ
एउटै ढोकाबाट रुदै छिर्ने नानीहरु
मन्टेश्वरी र बालकक्षा हुँदै
स्नातकोत्तर सम्मको भारी बोकेर
उही गेटबाट निस्कने गर्छन्
सुस्त श्रवण, बालमैत्री भय रहित शिक्षा
यो विद्यालयको विशेषता हो
कृषि प्रधान मुलुकलाई आत्म निर्भर बनाउन
जे.टि. र जे.टि.ए. को कक्षा अनिवार्य भएको छ
प्रकोप रहित र गुणस्तरीय शिक्षाले
प्राकृतिक सौन्दर्यलाई मनमोहक बनाएको छ
अभिभावकको सपना साकार पार्न
जनज्योति तपाइँको हार्दिक स्वागत गर्छ
शिक्षाप्रेमी अभिभावकको लागि
यो विद्यालय आँखाको नानी बनेको छ ।