Welcome To Jana jyoti Higher Secondary School

आजभन्दा एक बीस दुई हिउँद अगाडिको कुरा हो, म त्यतिबेला चण्डेश्वरी उ.मा.वि. मरिण डाढीमा काम गर्थेँ । मेरो घर क.न.पा. वडा नं.६ रातमाटा, बसाइ मरिण डाढीको । मलाई घर पायक नभएका कारण सिन्धुलीमा आउन चाहान्थेँ, नभन्दै मेरो सरुवा पनि यसै विद्यालयमा भयो । म जनज्योति उ.मा.वि. हालको यस विद्यालयमा आउँदा विद्यालयको स्थिति दयनीय थियो । प्रस्तावित मा.वि. चलेको त्यतिबेला मेरा आदरणीय गुरु अम्बरदीप देवकोटा प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री माणिक ढकाल हुनुहुन्थ्यो । २०४५ सालमा भरखरै भु–कम्प गएको थियो । विद्यालयहरु क्षतिग्रस्त थिए । त्यसैलाई अवसरको रुपमा प्रयोग गरी जिल्ला शिक्षा कार्यालयबाट ट्रस्ट राखेर विद्यालय भवन निर्माण गरिएकोले स्कुल हेर्न लायक भयो ।
समयको गतिसँगै २०५५ पुस महिनामा अम्बरदीप सरले विद्यालय छाड्नु भयो । उहाँले चलाइराखेको विद्यालय त्यही गतिमा हिंडाउन चुनैतिको विषय थियो । आपूmले प्र.अ. पदको कुनै अपेक्षा पनि गरेको थिइँन । तर २०५५।९।९ गते मैले प्र.अ.को जिम्वेवारी पाएँ । पहाडले थिचे जस्तै लाग्यो । वास्तवमै काम गर्ने हो भने यस्ता पदहरु साँच्चै बोझिला हुने रहेछन् ।
मा.वि.बाट उ.मा.वि. चलाउन ठूलै कसरत गरियो । अम्बरदीप सर यो समयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुहन्थ्यो । गाउँगाउँका अभिभावक सहितको टोली बनाएर साधारण, आजिवन र विशिष्ट सदस्य तीन खाले सदस्यता निर्धारण गरेर पैसा संकलन गरियो । स्कुलको खातामा झण्डै चारलाख रुपैयाँ जम्मा भयो । हामीलाई आवश्यक पर्ने रकम कम्तिमा पनि आठलाख थियो । अब नपुग रकम कहाँबाट जम्मा गर्ने ? हाम्रो अगाडि प्रश्न खडा भयो । अन्तत्वगत्त्वा हामीले गौमती उ.मा.वि. माढी बजारसँग औपचारिक रुपमा वैठक बसेर केही समयका लागि सापटी रकम  माग्यौँ । गौमती उ.मा.वि.माढी बजारबाट रकम प्राप्त भएपछि +२ पनि संचालन ग¥यौं । त्यसको लगत्तै वि.एड्. र स्नातकोत्तर तह नेपाली र अङ्ग्रेजी विषयमा संचालन गर्न पुग्यौँ । साधारण शिक्षा तर्फ विद्यार्थीको त्यति आकर्षण नदेखे पछि २०६८ सालमा कृषि जेटिएको कक्षा प्रारम्भ गरियो । त्यसपछि २०७२ सालको मंसिर महिनादेखि क्ष्।क्अ।ब्न। को कक्षा संचालन ग¥यौँ । साथै हाल दश जिल्लाका भु–कम्प पिडित छात्र÷छात्राहरु ऋत्भ्ख्त् मार्फत  निशुल्क अध्ययन समेत गरिरहेका छन् ।
यसरी एउटै छातामुनि बालकक्षादेखि स्नातकोत्तर तहसम्म, सुस्त मनस्थिति (वौद्धिक अपाङ्गता) कक्षा देखि आइ.एस्सी.एजि.सम्मका छात्र÷छात्राहरु विहानदेखि साँझसम्म ओहोरदोहोर गरेको देख्दा आपूmले विताएको बाइस वर्ष बितेको कुनै अत्तोपत्तो नभएको जस्तो लाग्छ । गैँयाटार र ढकालगाउँको फेदीमा अवास्थित यो विद्यालयको पहिचान र रौनक अरुभन्दा पृथक बन्न पुगेको छ । यसको श्रेय यसै भेगका अभिभावक र प्यारा विद्यार्थी भाइबहिनालाई नै दिन चाहान्छु । तसर्थ “हाम्रो विद्यालय राम्रो विद्यालय”, “हाम्रा बालबालिका राम्रा बालबालिका” भन्ने नाराका साथ विद्यालय अगाडि बढिरहेको छ । हामी शिक्षक स्टाफ यिनै बालबालिकाको उज्ज्वल भविष्यको सपना बुन्दै रखबारी र खबरदारी गरेर बसीरहेका छौं । त्यही समूहभित्र म आफू पनि रमाइ रहँदा आज पत्तै नपाई २२ वर्ष बिति सकेछ ।

 

School Activities

Kdadosofsadkf

sjfkasjf ksjfk

SUCCESS FULL STORY

Message From Principles

आजभन्दा एक बीस दुई हिउँद अगाडिको कुरा हो, म त्यतिबेला चण्डेश्वरी उ.मा.वि. मरिण डाढीमा काम गर्थेँ । मेरो घर क.न.पा. वडा नं.६ रातमाटा, बसाइ मरिण डाढीको । मलाई घर पायक नभएका कारण सिन्धुलीमा आउन चाहान्थेँ, नभन्दै मेरो सरुवा पनि यसै विद्यालयमा भयो । म जनज्योति उ.मा.वि. हालको यस विद्यालयमा आउँदा विद्यालयको स्थिति दयनीय थियो । प्रस्तावित मा.वि. चलेको त्यतिबेला मेरा आदरणीय गुरु अम्बरदीप देवकोटा प्र.अ. तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री माणिक ढकाल हुनुहुन्थ्यो । २०४५ सालमा भरखरै भु–कम्प गएको थियो । विद्यालयहरु क्षतिग्रस्त थिए । त्यसैलाई अवसरको रुपमा प्रयोग गरी जिल्ला शिक्षा कार्यालयबाट ट्रस्ट राखेर विद्यालय भवन निर्माण गरिएकोले स्कुल हेर्न लायक भयो ।
समयको गतिसँगै २०५५ पुस महिनामा अम्बरदीप सरले विद्यालय छाड्नु भयो । उहाँले चलाइराखेको विद्यालय त